प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल
发布时间:2026-09-21 | 浏览:1
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल
आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८:४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति भएको छ।उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ। यस विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्नेछ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं।
सम्बन्धित सूचना
कम्पनी रजिस्ट्रारमा लाइन घट्यो, अनलाइन बढ्यो
ललितपुर जिल्ला अदालतबाट सर्वसाधारणका निमित्त जारी भएको डाँक लिलामी सूचना । (२०८३।५।१०)
वार्षिक विवरण अद्यावधिकमा गर्ने सम्बन्धमा उद्योग विभागको सूचना ।
राष्ट्रिय परिचयपत्र सम्बन्धी सूचना